एक दिवसीय क्रिकेट: नेदरल्याण्ड्सले दियो नेपाललाई १९० रनको लक्ष्य

काठमाडौँ । पहिलो एक दिवसीय क्रिकेटमा नेदरल्याण्ड्सले नेपाललाई १९० रनको लक्ष्य दिएको छ ।

टस जिति पहिला ब्याटिङ गरेको नेदरल्याण्ड्सले ४७.४ ओभरमा अल आउट हुँदै १८९ मात्र बनाउन सक्याे।

घरेलु टोली नेदरल्याण्ड्सलाई कम स्कोरमा रोक्न नेपालका बलरले उत्कृष्ट प्रदर्शन गरे । नेपालका कप्तान पारस खड्काले आफ्नो १० ओभरको स्पेलमा २६ रन खर्च गरेर सर्वाधिक ४ विकेट लिए ।

नेपालले आजको इनिङमा ६ जना बलर लगायो । पारसले बेन कुपर, वेज्ली वारेसी, मिचेल रिपोन तथा सेन स्नेटरलाई आउट गरेका थिए । पारस पछि आजको खेलमा २ विकेट लिने सफल बलर सोमपाल कामी बने।

ओपनिङ बलिङ गरेका सोमपालले आज ८.४ ओभर बलिङ गरे । उनले १ ओभर मेडन राख्दै ३४ रन दिएर ३ विकेट लिए । सोमपालले ओपनिङ व्याट्सम्यान डेनियल ब्राकलाई आउट गरे ।

११ बल खेलको ब्राकले १ रन मात्रै बनाएका थिए । सोमपालले अर्का ब्याट्सम्यान बास डी लिडीलाई पेभेलियन पठाए । ६० बल खेलेका लिडीले ३० रन बनाएका थिए । यसैगरी अन्तिम ब्याट्सम्यान फ्रेड क्लाशनलाई आउट गरेका थिए ।

त्यसैगरी नेपालका सन्दिप लामिछानेले पूरै १० ओभर बलिङ गरे । उनले ४२ रन खर्चिएर १ विकेट लिए ।

सन्दिपले २९ रन बनाएर क्रिजमा रहेका स्टेफन माइबर्गलाई आउट गरेका हुन् । ८ ओभर बलिङ गरेका बसन्त रेग्मीले २८ रन खर्चिएर १ विकेट लिए ।

बसन्तले नेदरल्याण्ड्सका कप्तान पीटर सिलरलाई शक्ति गौचनको हातबाट क्याच आउट गराए । त्यसैगरी यसै प्रतियोगितापछि अन्तर्राष्ट्रिय क्रिकेटबाट सन्यासको घोषणा गरेका शक्ति गौचनले ४ ओभर बलिङ गर्दै १५ रन खर्चिए ।

करन केसीले आजको खेलमा ७ ओभर बलिङ गर्दै १ ओभर मेडन राखेर १ विकेट लिए । उनले ३८ रन खर्चिए ।

यसैगरी सन्दिप लामिछाने ४ ओभर बलिङ गर्दा २२ रन खर्चिएर १ विकेट लिएका छन् । सन्दिपले स्टेफन माइबर्गलाई आउट गरेका थिए ।

बसन्त रेग्मीले ८ ओभर बलिङ गर्दै २८ रन खर्चिएर १ विकेट लिए । नेपालको इनिङमा पारस र सन्दिपले मात्रै पुरा स्पेल बलिङ गरेका हुन् ।

प्रतिक्रिया दिनुहोस्