सांसद पाललाई पेस्तोल तेर्साई धम्की दिएको खुलासा

काठमाडौं, १६ श्रावण । नेकपाका सांसद तथा संसदीय सुनवाई समितिका सदस्य निरुदेवी पालले आफुमाथी वानेश्वरमा पेस्तोल तेसाई धम्की दिएको बताएकी छिन् ।
सदस्य पालले प्रस्तावित प्रधानन्यायाधीश जोशीको प्रकरणलाई जोड्दै सदस्य पाललाई पेस्तोल तेर्साई धम्की दिएको दावी गरिन् । उनलाई प्रहरी प्रधान कार्यालयले सुरक्षाको लागि पीएसओ खटाएको छ ।

सांसद पालले सुरक्षाको माग गर्दै सभामुखलाई जानकारी गराएकी थिइन् ।

गृह मन्त्रालयले शान्ति सुरक्षाको अवस्था राम्रो रहेको दावी गरिरहेको बेला संसद पालमाथी यस्तो चुनौती दिएको छ ।
मंगलबार साँझ सडकमा निस्किएका बेला आफूलाई अज्ञात व्यक्तिले कञ्चटमा पेस्तोल राखेर धम्की दिएको सांसद पालको दावी छ । उनलाई कसले कञ्चटमा पेस्तोल तर्सायो भन्ने कुरा अझै पत्ता लाग्न सकेको छैन, तर खोजी भईरहको प्रहरी प्रशासनले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्