फेसनका पारखी युवा पुस्ता

काठमाडौं । युवा पुस्ता सधै सोच्ने गर्दछन् अरु भन्दा फरक कसरी देखिउँ ? आफुलाई कुन पहिरनमा प्रस्तुत गरौ ? एक अध्यायनले देखाए अनुसार १०० मा करिब ७५ प्रतिशत युवायुवति लाई फेसनेवल देखिन मन पर्र्छ ।
दरबार मार्ग ,बसन्तपुर, ठमेल प्रायः युवायुवति हरुको जमघट भइरहने ठाउँ हो । फेसनका पारखीहरु उनिहरुले लगाउने कपडा ,लगाउने गहना स्टाईल आदी फरक फरक हुन्छन । आधुनिक पहिरनमा सजिएर हिंड्ने सेलीब्रेटीहरुको नक्कल गर्न अहिलेका पुस्ताहरु नै अगाडि देखिन्छन । बिभिन्न पार्टी समारोहमा सजिएर हिंड्ने ग्रीहिणी हरु पनि हिन्दी सीरीयलमा देखिने भारतीय सेलिब्रेटीहरुको जस्तै आधुनिक पहिरनमा जस्तै देखिन रुचाउँछन् । अहिले फेसनमा आएको छ घँुडामा च्यातिएको जिन्स पाइन्ट । बजारमा १५ सय देखी ३ हजार सम्म पाइने यस्ता फेसनेबल लुगाहरु हरेक फेन्सी पसलहरुमा सजाएरै राखिने गरिन्छ ।
आधुनिक जीवनसैली, आधुनिक रहनसहन अहिलेका युवापुस्ताको सौख हो । महंगा मोबाइल, महंगा घडी अहिलेका पुस्ताको पहिलो रोजाइमा पर्ने गर्छ । समय परिवर्तनसिल छ समय अनुसारको पहिरन रहनसहन खानपान पहिलेको जस्तो देखिदैन हिजो आज ।
जस्तो फेसनका लुगामा चलचित्रमा देखिन्छन त्यस्तै फेसन नेपालमा आउँछ । हरेक बस्तुहरुमा नयाँपन नै चाहिन्छ लुगा होस या गरगहना होस बजारमा के छ नयाँ भन्नेमा निकै जिज्ञासु हुन्छन । मान्छेको आफ्नै जिउने कला हुन्छ । आफ्नै लाइफ स्टाइल हुन्छ ।

हेरौँ काठमाडौका केही ठाउँहरुमा भेटिएका तस्बिरहरु:

तस्विरः मनोज नेपाल

प्रतिक्रिया दिनुहोस्