गैरकानुनी रुपमा शैक्षिक परामर्श सेवाको तयारी, कारवाही गर्ने मन्त्रालयको चेतावनी
काठमाडौँ । शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयबाट अनुमति बिनै नेपालमा शैक्षिक परामर्श सेवा सञ्चालन गर्ने खोज्ने एक निजी कम्पनीलाई शिक्षा मन्त्रालयले कारवाहीको चेतावनी दिएको छ ।
आइडीपी एजुकेसन स्टुडेन्ट सर्भिस प्रालि नामको संस्थाले बिना अनुमति आगामी अगस्त १ गतेदेखि शैक्षिक परामर्श सेवा सञ्चालन गर्ने भनेर पत्रकार सम्मेलन गरी प्रचार गरेको भन्दै शिक्षा मन्त्रालयले गम्भिर आपत्ति जनाएको हो ।
संस्थाले केही दैनिक पत्रिकासमेत शैक्षिक परामर्श सेवा सञ्चालन गर्ने भन्दै विज्ञापनसेमत गरेको थियो ।
मन्त्रालयद्वारा जारी विज्ञप्तिमा शैक्षिक परामर्श सेवा, भाषा शिक्षण कक्षा तथा पूर्व तयारी कक्षाका सेवाहरु सञ्चालन गर्ने संस्थाले प्रचलित ऐन नियमका अतिरिक्त शिक्षा ऐन (आठौँ संशोधन) २०२ र शैक्षिक परामर्श सेवा तथा भाषा शिक्षणसम्बन्धि निर्देशिका २०७३ को व्यवस्थाबमोजिम शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयबाट सेवा सञ्चालन अनुमति लिएर मात्र कम्पनीको उद्देश्यअनुसारका सेवाहरु सञ्चालन गर्नुपर्ने उल्लेख गरिएको छ ।
तर, कम्पनीले कम्पनी रजिष्टार कार्यालयमा मात्र संस्था दर्ता गराएको र शिक्षा विभाग वा मन्त्रालयबाट अनुमित नलिइएको पाइएको छ ।
‘कानूनी प्रावधान विपरीत उक्त संस्थाले प्रचार प्रसारसहित आफ्नो सोवा सञ्चालन गर्न खोजेको देखिएको छ,’ विज्ञप्तिमा भनिएको छ ।
मन्त्रालयले उक्त संस्थाबाट सेवा नलिन सम्पूर्ण अभिभावक र विद्यार्थीलाई सूचित गर्नका साथै अनुमति बिना सेवा सञ्चालन नगर्नसंस्थालाई चेतावनी दिएको छ ।
सूचनाको अवज्ञा गरे प्रचलित कानून अनुसार कारवाही गरिने जानकारी पनि मन्त्रालयले विज्ञप्तिमा उल्लेख गरेको छ ।
प्रतिक्रिया दिनुहोस्