शिव मन्दिरमा भक्तजनहरुको भिड (फोटो फिचर)

काठमाडौं, १४ श्रावण । श्रावण महिना हिन्दु धर्मालम्बीहरुको पवित्र महिना हो । त्यसमा पनि साउने सोमबारको बिशेष महत्व छ ।

श्रावण महिनाबारे पौराणिक व्याख्या अनुसार यसै महिनामा समुन्द्र मन्थन भई हलाहल नामको बिस निस्केको उल्लेख छ । संसारलाई रक्षा गर्नका लागि भगवान शिव आफैंले सो विष सेवन गरी हिमालय पर्वतमा निलकण्ठ भई बस्नुभएको उल्लेख छ ।

यसै हिसाबले पनि यस महिनामा शिवलिङ्गमा जल चडाउने बेलपत्र चडाउने गरिन्छ । यस महिनामा ब्रत बस्ने सात्विक भोजन गर्ने प्रेम, बातावरण, सौभाग्य अनि पवित्रताको प्रतिक पंहेलो, हरियो, रातो रङको संयोजन गरेका बस्त्र लगाउने चलन छ ।

यस दिन काठमाडौंको पशुपतिनाथ लगायत विभिन्न शिव मन्दिरहरुमा भक्तजनहरुको घुईचो लाग्ने गर्छ ।
काठमाडौंको पशुपतिनाथ भक्तपुरको दत्तात्रय, डोलेश्वर लगायत शिव मन्दिरहरुमा फोटोग्राफर मनोज नेपालले क्यामेरामा कैद गरेका केहि दृश्यहरु

प्रतिक्रिया दिनुहोस्