बिमल घर्तीमगरसहित ५ खेलाडीलाई ७२ घण्टा भित्र स्पष्टिकरण दिन एन्फाको निर्देशन

काठमाडौं । अखिल नेपाल फुटबल संघ (एन्फा) ले आसन्न एसियाड गेम्स र साफ च्याम्पियसिपको बन्द प्रशिक्षणमा रहेका ५ खेलाडीलाई ७२ घण्टा भित्र लिखित स्पष्टिकरण दिने निर्देशन दिएको छ ।
५ खेलाडीले शुक्रबार राती डिस्को गएर मादक पदार्थ सेवन गरि हो–हल्ला गरेको भन्ने समाचार सार्वजनिक भएपछि एन्फाले खेलाडी, टोलीका प्रशिक्षक, होस्टल वार्डेन र सेक्युरिटी कम्पनीसँग पनि स्पष्टिकरण लिने निर्णय गरेको छ ।

एन्फा अध्यक्ष कर्मा छिरिङ र अन्य पदाधिकारीले ५ खेलाडीसँग मौखिक स्पिष्टिकरण लिएपछि लिखित स्पिष्टिकरण पनि लिने निर्णय लिएको छ । ५ खेलाडीलाई ३ दिन भित्र लिखित जवाफ बुझाउन भनेको छ ।

यसरी स्पष्टिकरण सोधिने खेलाडी विमल घर्तीमगर, अन्जन विष्ट, विशाल राई, हेमन्त थापा मगर र छिरिङ शेर्पा छन् ।
त्यस्तै एन्फाले टोलीका व्यवस्थापक बाबुकाजी बस्नेत, होस्टेल वार्डेन टक्कर थापालाई ३ दिन र सेक्युरिटी कम्पनी गुरुडलाई ७ दिन भित्र लिखित जवाफ पेश गर्न निर्देशन दिइएको एन्फा प्रवक्ता किरण राईले जानकारी दिए ।

प्रतिक्रिया दिनुहोस्