चार महिनामा विपद्का घटनाबाट मुलुकभर ४ सय ५५ को मृत्यु
काठमाडौं । चार महिनामा विपद्का घटनाबाट मुलुकभर ४ सय ५५ जनाको मृत्यु भएको छ । गृह मन्त्रालयले दिएको जानकारी अनुसार २०७५ वैशाख १ देखि साउन १२ सम्म डुबेर, आगलागी, डुंगा सवार, बाढी, पहिरो, लेक लागेर, चट्याङलगायतका विपद्का घटनाबाट ज्यान गएकाे हो ।
गृह मन्त्रालयको राष्ट्रिय आपत्कालीन कार्यसञ्चालन केन्द्रका प्रमुख शंकरहरि आचार्यका अनुसार यस अवधिमा डुबेर २ सय ७२, डुंगा पल्टिएर एक, आगालागीबाट १०, बाढीबाट २८, पहिरोबाट ४३, वर्षात्बाट ७, लेक लागेर १२ र चट्याङबाट ४० जनाको मृत्यु भएको छ । मृत्यु हुनेमा ३ सय ९ पुरुष र १ सय ४६ जना महिला छन् ।
यस्तै विपद्का घटनामा ७२ जना बेपत्ताका साथै२ हजार २ सय ३० जना घाइते भएका छन् । साथै, तीन हजार ७ सय ७५ घर प्रभावित, २ सय १ गोठमा क्षति पुगेको छ। यो वर्ष मात्र विपद्बाट एक अर्ब ९४ करोड ८४ लाख १८ हजार बराबरको क्षति पुगेको मन्त्रालयले जनाएको छ । गतवर्ष विपद्बाट ५ सय ९७ जनाको ज्यान गएको थियो ।
प्रतिक्रिया दिनुहोस्