रुकुम पश्चिममा स्थानीय तहबाटै १४ जोडीको सम्बन्ध विच्छेद

काठमाडौँ । रुकुम पश्चिमका ६ स्थानीय तहबाट गएको आर्थिक वर्षमा १४ ओटा सम्बन्ध विच्छेद भएका छन् ।

तीन नगरपालिका र तीन गाउँपालिकामा रहेका न्यायिक समितिले १४ जोडीको सम्बन्ध विच्छेद गराइदिएका हुन् । स्थानीय सरकार सञ्चालन ऐन २०७४ को परिच्छेद ८ मा न्यायिक समितिले मेलमिलापका माध्यमबाट सम्बन्ध विच्छेद गराउन पाउने व्यवस्था भएपछि स्थानीय तहमै यो व्यवस्था कार्यान्वयन हुन थालेको हो ।

एक वर्षमा मुसिकोट नगरपालिकामा गठीत न्यायिक समितिले सबैभन्दा बढी चार वटा सम्बन्ध विच्छेद गराएको छ । तीन महिला र एक पुरुषका तर्फबाट आएको मुद्धा माथी सुनुवाई गर्दै समितिले सम्बन्ध विच्छेद गराइदिएको बताइएको छ ।

त्यस्तै चौरजहारी नगरपालिका, बाँफिकोट गाउँपालिका र त्रिवेणी गाउँपालिकाले तीनरतीन वटा सम्बन्ध विच्छेद गराएका छन् । चौरजहारी नगरपालिकामा तीन वटै मुद्धा पुरुषले दिएका थिए भने बाँफिकोट गाउँपालिकामा सबै महिलाले मुद्धा दिएका थिए । त्रिवेणी गाउँपालिकामा दुई महिला र एक पुरुषले सम्बन्ध विच्छेदका लागि मुद्धा दिएको सम्बन्धित न्यायिक समितिले जनाएका छन् ।

आठबीसकोट नगरपालिकामा भने एउटा मात्र सम्बन्ध विच्छेद भएको छ । सम्बन्ध विच्छेदका लागि तीन वटा मुद्धा परे पनि दुईवटा मुद्धामा दुवै पक्ष मिलेर बस्न राजी भएपछि उनीहरुको सम्बन्ध विच्छेद नभएको न्यायिक समिति संयोजक गीता नेपालीले बताए ।

चौरजहारी नगरपालिकाले पनि पहिला मुद्धा दिएरपछि सम्बन्ध कायम राख्न चाहन्छौ भन्ने एक जोडीको मुद्धा मिलाइदिएको छ । सानीभेरी गाउँपालिकाले भने एउटा पनि सम्बन्ध विच्छेदको म्द्धा निरुपण गरेको छैन् । न्यायिक समितिमा सम्बन्ध विच्छेदका मुद्धा आए पनि ती मुद्धामा न्यायिक समितिमा छलफल नगराई जिल्ला अदालतमा पठाउने गरेको न्यायिक समिति संयोजक इन्दिरा ओलीले जनाए ।

प्रतिक्रिया दिनुहोस्