जलविद्यु लगानी कम्पनीको आउने भयो १०० प्रतिशत हकप्रद सेयर

काठमाडौं । जलविद्युत लगानी तथा विकास कम्पनीको १० अर्ब रुपैयाँ बराबरको हकप्रद जारी गर्ने भएको छ । कम्पनीले १०० प्रतिशत हकप्रद सेयर बिक्री गर्ने निर्णय गरेको हो । कम्पनीको शुक्रबार बसेको सञ्चालक समिति बैठकले १ : १ अनुपातमा हकप्रद जारी गर्ने प्रस्ताव आगामी वार्षिक साधारण सभामा लैजाने निर्णय गरेको हो ।
यस कम्पनीमा ८० प्रतिशत सरकारको लगानी छ भने २० प्रतिशत सर्वसाधारणको रहेको छ ।
हाल कम्पनीको चुक्ता पुँजी १० अर्ब रुपैयाँ रहेको छ । १०० प्रतिशत हकप्रद बिक्री पछि पुँजी २० अर्ब रुपैयाँ पुग्नेछ । यसको रिजर्भ कोषमा १ अर्ब ११ करोड ५५ लाख रुपैयाँ छ । गत आर्थिक वर्षको तेस्रो त्रैमाससम्म यो कम्पनीले ६२ करोड ५५ लाख ५५ हजार रुपैयाँ खुद नाफा कमाएको थियो ।

प्रतिक्रिया दिनुहोस्