एनसीसी बैंकको हकप्रद सुरक्षित गर्ने आज अन्तिम दिन

कठमाडौं । नेपाल क्रेडिड एण्ड कर्मस बैंकको ५० प्रतिशत हकप्रद सेयर सुरक्षित गर्ने आज सोमबार अन्तिम दिन रहेको छ । बैंकले हकप्रद निष्काशनका लागि साउन १५ गते सेयरधनी किताब बन्द गर्ने भएको छ । आजसम्म कायम रहेका सेयरधनीले मात्र हकप्रदमा आवेदन दिन पाउनेछन ।
बैंकले दुई बराबर एक कित्ता अनुपातमा एक सय रुपैयाँ अंकित दरको २ करोड ३३ लाख ९५ हजार २९१ कित्ता हकप्रद जारी गर्न लागेको हो ।
राष्ट्र बैंकले तोकेको न्यूनतम चुक्ता पूँजी कायम गर्न बैंकले गत मंसिर २० गते चुक्ता पूँजीको ५० प्रतिशत हकप्रद विक्री गर्न अनुमति मागेकोमा बोर्डबाट असार २२ गते स्वीकृती पाएको थियो ।
चार अर्ब अर्ब ६७ करोड ९० लाख ५८ हजार रुपैयाँ चुक्ता पूँजी रहेको हकप्रदपछि सात अर्ब एक करोड ८५ लाख ८७ हजार रुपैयाँ पुग्नेछ । हकप्रदपछि ९९ करोड रुपैयाँ बराबरको सञ्चित नाफाबाट बोनस वितरण गरेर अन्य विकल्पबाट बैंकले आठ अर्ब रुपैयाँ चुक्ता पुर्याउन पर्नेछ ।

प्रतिक्रिया दिनुहोस्