भरतपुरमा बम विस्फोट

काठमाडौं। भरतपुरमा बम आज विस्फोट भएको छ ।चितवनको भरतपुर महानगरपालिकाको पाँच नम्बर वडा कार्यालयमा बम विस्फोट भएको हो । बम विस्फोटबाट वडा कार्यालय र त्यससँगै रहेको नेपाल रेडक्रस सोसाइटी नारायणपुर उपशाखा कार्यालय भवनमा क्षति पुगेको छ ।मंसिर २१ गते हुन लागेको चुनावको मतदानको केन्द्र यही वडा कार्यालयमा राखिएको छ ।वडा अध्यक्ष पदमपाणि सुवेदीले वडा कार्यालय, रेडक्रस कार्यालय र वरपरका सर्वसाधारणको घरका झ्यालका शिसा फुटेको जानकारी दिए ।यसैगरी वडाध्यक्ष सुवेदीको घर अगाडि फेला परेको विष्फोटक पदार्थलाई नेपाली सेनाको टोलीले निष्कृय बनाएको छ ।

प्रतिक्रिया दिनुहोस्