भरतपुरमा दुई ग्रिनेट भेटिए

भरतपुरमा वडा कार्यालय नजिक दुई ग्रिनेट भेटिएको छ । भरतपुर महानगरपालिका–५ मा आइतबार बिहान फेला परेको दुईमध्ये एउटा ग्रिनेट नेपाली सेनाले डिस्पोज गरेको छ। भरतपुर ५ स्थित गीतानगरको वडा कार्यालयनजिक भेटिएको अर्को एउटा भने सेनाले बम डिस्पोज गर्नु अघि नै पड्किएको चितवनका प्रहरी नायब उपरीक्षक प्रभुप्रसाद ढकालले जानकारी दिए। बम राति २ बजे फेला परेको हो। बमबाट मानवीय क्षति नभएको र कार्यालयका केही सिसा फुटेको जिल्ला प्रहरी कार्यालय चितवनले जनाएको छ। निर्वाचनविरोधी गतिविधिमा संलग्नहरूले सर्वसाधारणलाई तर्साउन ग्रिनेट राखेको हुनसक्ने प्रहरी प्रवक्तासमेत रहेका डीएसपी ढकालले बताए। निर्वाचन नजिकिँदै गर्दा यस्ता गतिविधि बढ्ने अनुमान गरी प्रहरीले निगरानी कडा पारेको जनाएको छ। आसन्न दोस्रो चरण्को निर्वाचन नजिकिए संगै यस्ता गतिविधि बढ्दै जान थालेका छन।

प्रतिक्रिया दिनुहोस्