दुई महिनादेखि रोकिएको सवारी लाइसेन्सको आवेदन खुल्यो

काठमाडौं– करिब दुई महिनादेखि रोकिएको सवारी चालक अनुमतिपत्र (लाइसेन्स) को आवेदन खुलेको छ। यातायात व्यवस्था विभागले आजदेखि आवेदन खुला गरेको हो।

गत २१ जेठमा विभागले सूचना जारी गरी ‘रि – ट्रायल’ का काम गर्नुपर्ने, राजस्व लगायतको हिसाब मिलान गर्नुपर्ने लगायतका कारण देखाइ आवेदन रोकेको  थियो।

साउन १ गतेदेखि आवेदन खुल्ने बताइएपछि १३ दिनपछि आवेदन खुला गरिएको हो।

लाइसेन्सका लागि अनिवार्य रुपमा अनलाइन फर्म भर्नुपर्छ । विभागको वेभसाइटमा गएर फर्म भर्नुपर्छ ।

काठमाडौं उपत्यकाका चावहिल, जगाति, ठूलो भर्‍याङ र स्वयम्भूबाट लाइसेन्सको परिक्षा तथा ट्रायल हुन्छ । त्यस्तै उपत्यकाबाहिर कोशी, एकान्तकुना, नारायणी, लुम्बिनी, गण्डकी, मेची, सगरमाथा, जनकपुर, धौलागिरी, राप्ती, कर्णाली, भेरी, सेती र महाकालीबाट पनि परिक्षा र ट्रायल हुन्छ।

विभागकाे सूचना-

प्रतिक्रिया दिनुहोस्