बलात्कारीलाई पक्राउ गरी कारवाही गर्न सांसदहरुको माग

काठमाडौं।  प्रतिनिधि सभा बैठकमा सांसदहरुले कञ्चनपुर सदरमुकाम महेन्द्रनगरमा तीनदिनअघि १३ वर्षीया बालिकाको बलात्कारपछि भएको हत्याको तत्तकाल अनुसन्धान गरी दोषी पहिचान तथा कारवाही गर्न माग गरेका छन् ।
कञ्चनपुरको भीमदत्त नगरपालिका–१८ निम्बुखेडाकी १३ वर्षीया निर्मला पन्तको सामुहिक बलात्कारपछि हत्या भएको थियो ।
आइतबारको संसद बैठकको सुन्य समयमा बोल्दै सांसद डीला संङग्रौला,दिलेन्द्र प्रसाद बडु, दिपकप्रकाश भटट् लगायतले घटनाको तीन दिन वित्दा पनि दोषीलाई कारवाही हुन नसकेको र पीडितले न्याय पाउन नसकेको भन्दै संसदमार्फत सरकारको ध्यानाकर्षण गराएका हुन् ।
बैठकमा तिलबहादुर महतले साउन ६, ७ र ८ गते आएको बढीले नवलपरासीका विभिन्न क्षेत्रको कटान गरेको भन्दै तटबन्धन गर्न माग  गरे ।
त्यस्तै तेजुलाल चौधरीले गत साल बाढी पहिरोले सप्तरीमा भत्किएको तटबन्धले अझै  पुर्णता नपाएको बताए ।

प्रतिक्रिया दिनुहोस्