नेपाल बैंकको एफपिओमा आवेदन गर्ने अन्तिम दिन

काठमाडौं । नेपाल बैंकले गरेको थप सार्वजनिक निष्काशन एफपिओमा आवेदन गर्ने आज अन्तिम दिन हो । बैंकले गत असार १५ गतेदेखि प्रतिकित्ता २८० रुपैयाँ दरले एक करोड ७६ लाख कित्ता एफपिओ निष्काशन गरेको थियो ।
एफपिओमा न्यूनतम ५० कित्तादेखि १० अंकले भाग जाने संख्यामा कानूनी सीमा भित्र रहेर अधिकतम सबै कित्ताका लागि आवेदन दिन सकिनेछ ।
एफपिओमा शुक्रबार बेलुकासम्ममा १७ हजार ५ सय ३९ जनाले मात्र आवेदन गरेका छन । उल्लेखित आवेदकबाट २४ लाख ५१ हजार ९० कित्ता सेयर बिक्री भएको छ । यसबाट बैंकको ६८ करोड ६३ लाख ५२ हजार रुपैंयाको सेयर बिक्री भएको बैंकको सेयर निष्काशन तथा बिक्री प्रबन्धक सिद्धार्थ क्यापिटलले जनाएको छ ।
नेपाल बैंकको अझैे एक करोड ५२ लाख ३३ हजार ७६८ कित्ता शेयर बिक्री गर्न बाँकी छ । एक दिनको अवधिमा सो परिमाणको शेयर बिक्री गर्न नेपाल बैंकलाई मुस्किल नै पर्ने देखिन्छ । तर अन्तिम दिनमा ठुला लगानीकर्ता तथा संस्थागत लगानीकर्ताले आवेदन गर्न सक्ने देखिन्छ । व्याजका कारण अन्तिम समयमा आवेदन गर्ने यस अघिको चलन अनुसार आइतबारसम्ममा आवेदनको आकार बढ्ने सम्भावना भएपनि बैंकलाई सबै शेयर बेच्न भने कठिनाई देखिन्छ ।

प्रतिक्रिया दिनुहोस्