आर्थिक क्षेत्रको प्रचारप्रसारमा लाग्न राजदूतलाई परराष्ट्रमन्त्रीको निर्देशन
काठमाडौं । परराष्ट्रमन्त्री प्रदीप ज्ञवालीले युरोपेली मुलुकमा नेपालको सम्भावित आर्थिक क्षेत्रको प्रचार प्रसार गर्न सम्बन्धित नेपाली राजदुतलाई निर्देशन दिएका छन् । युरोपेली क्षेत्रका लागि नेपाली राजदुतसँग भएको संयुक्त भेटका क्रममा परराष्ट्रमन्त्री ज्ञवालीले आर्थिक सम्भावनाका नयाँ क्षेत्रको प्रवृद्धनका लागि कुटनीतिक प्रयास सशक्त बनाउन निर्देशन दिएका हुन् ।
बेल्जियमको ब्रसेल्समा युरोपेली क्षेत्रका नेपाली राजदुतहरुको क्षेत्रीय सम्मेलनमा सहभागी परराष्ट्रमन्त्री ज्ञवालीले युरोपियन राष्ट्रहरुसँग मुलुकले नयाँ आर्थिक अवसरको खोजी गर्नुपर्ने बताए ।
परराष्ट्रमन्त्रीसंगको भेटका क्रममा नौ वटा युरोपियन देशका लागी नेपाली राजदुतहरुले नेपाली मिसनका क्रियाकलाप बारे व्रिफिङ गरेका थिए । अन्तराष्ट्रिय संस्थासँग सहकार्यका सम्भावनाबारे परराष्ट्रमन्त्रीलाई जानकारी गराएको बेल्जियम स्थित नेपाली दुतावासले जनाएको छ । बैठकमा बेलायत, जर्मनी, फ्रान्स, लगायत ९ युरोपेली मुलुकका लागी नेपाली राजदुतसहभागी थिए ।
प्रतिक्रिया दिनुहोस्