आज २६औँ अन्तर्राष्ट्रिय अपांग दिवस नेपालभर मनाईदै

आज २६औँ अन्तर्राष्ट्रिय अपांग दिवस नेपालभर मनाईदै

काठमाडौं।आज डिसेम्बर ३ तारिख अर्थात अपाङ्गतासम्बन्धी अन्तर्राष्ट्रिय दिवस । नेपालमा पनि विविध कार्यक्रम गरी यो दिवस मनाइँदैछ ।
अपाङ्गता भएका व्यक्तिहरुलाई सामाजिक, राजनीतिक, आर्थिक, साँस्कृतिक लगायत मूल प्रवाहमा ल्याउने उद्देश्यले हरेक वर्ष डिसेम्बर ३ तारिखमा यो दिवस मनाईने गरिन्छ । अपाङ्गता भएका व्यक्तिका अधिकारका पक्षमा आवाज उठाउन संयुक्त राष्ट्रसङ्घको आह्वानमा यो दिवस मनाउने गरिएको छ ।

‘सबैका लागि दिगो र समतामूलक समाजउन्मुख रुपान्तरण’ भन्ने विश्वव्यापी मूल नारा तथा ‘कोही पनि नछुटुन, दिगो विकासको नाराः अपाङ्गता मैत्री योजना कार्यान्वयनमा जुटौँ हामी सारा’ भन्ने राष्ट्रिय नाराका साथ यो दिवस मनाइदैँछ ।
मानिसको क्षमतासँग उसको अपाङ्गताको कुनै सरोकार नहुने भएकाले विना भेदभाव उनीहरुको सेवा र पहुँच बढाउनुपर्ने अधिकारकर्मीहरुको भनाई छ ।

पछिल्ला वर्षहरुमा अपाङ्ग मैत्री ठाउँ र वातावरणबारे बहस छलफलसँगै यसको कार्यान्वयन पनि हुन थालेको छ । तर अपाङ्गता भएका व्यक्तिहरुमाथि हुने भेदभाव अझै हट्न सकेको छैन । नेपालमा झण्डै ८ लाख अपाङ्गता भएका व्यक्ति छन ।पछिल्ला वर्षहरुमा अपाङ्ग मैत्री ठाउँ र वातावरणबारे बहस छलफलसँगै यसको कार्यान्वयन पनि हुन थालेको छ । तर अपाङ्गता भएका व्यक्तिहरुमाथि हुने भेदभाव अझै हट्न सकेको छैन । नेपालमा झण्डै ८ लाख अपाङ्गता भएका व्यक्ति छन ।

प्रतिक्रिया दिनुहोस्