देशभर एनालग केबल टेलिभिजन सेवा बन्द, अब चल्ने एनागल केबल टेलिभिजन ‘अवैध ठहरिने
काठमाडौं । सरकारले आगामी देशभरका सबै एनालग टेलिभिजन बन्द गराउन अनुगमन सुरु गरेको छ । सरकारले देशभरि एनालग टेलिभिजन सेवा बन्द गर्न असार मसान्तसम्मको समय दिएको थियो । अब चल्ने एनागल केबल टेलिभिजन ‘अवैध ठहरिनेछ ।
टेलिभिजनको डिजिटाइ जेशन लाई बाध्यात्मक बनाउन सरकारले नेपालको पूर्वी क्षेत्रबाट एनालग केबल टेलिभिजन बन्द गर्न सुरु गरेको हो ।
बिराटनगर र इटहरी क्षेत्रमा एनालग केबल टेलिभिजन बन्द गरिएको सूचना तथा सञ्चार प्रविधि मन्त्रालयका सहप्रवक्ता मुकुन्द शर्माले जानकारी दिए ।
‘अब देशभरका एनालग टेलिभिजन सेवा दिने केबलहरू स्वीच अफ गर्दैछौं । एना लगको लाइसेन्स लिएकाहरुलाई डिजिटलमा रुपान्तरण हुन बाध्यात्मक रुपमा गरिएको व्यवस्था कार्यान्वयनका लागि देशभर अनुगमन गर्दैछौं,’ शर्माले भने ।
सर्वोच्च अदालतले पनि एनालग केबल टेलिभिजनहरु बन्द गर्ने सरकारी निर्णय कार्यान्यवन नगर्न भन्दै परेको रिट खारेज गरेर बाटो खोलिदिएको थियो ।
सरकारले गत कात्तिक १५ गतेपछि एनालग प्रविधिमा चलिरहेका नगरहरुका केबल टेलिभिजन बन्द गर्न समयसीमा दिएको थियो ।
यस्तै अघिल्लो वर्षको वैशाख १५पछि काठमाडौंसहित ललितपुर, वीरगञ्ज, विराटनगर, पोखरामा एनागल केबल टेलिभिजन बन्द गर्ने निर्णय भएको थियो ।
प्रतिक्रिया दिनुहोस्