३६ लाख घुससहित इन्जिनियर पक्राउ

काठमाडाैं । भवन तथा शहरी विकास कार्यालय रुपन्देहीका प्रमुख इञ्जिनियर सुरेश ठाकुर ३६ लाख घुससहित पक्राउ परेका छन् ।

उनलाई अख्तियार दुरुपयोग अनुसन्धान आयोग बुटवलले शनिबार बिहान ३६ लाख घुससहित भैरहवाबाट पक्राउ गरेको हो । अख्तियारले ठाकुरकी श्रीमतीलाई पनि पक्राउ गरेको छ ।

घुस लिएको रकम घरमा लैजाँदै गर्दा उनलाई पक्राउ गरिएको अख्तियार दुरुपयोग अनुसन्धान आयोग बुटवलले जनाएको छ

प्रतिक्रिया दिनुहोस्