मध्य र पूर्वका केही ठाउँमा ठूलो पानी पर्ने, अन्तको मौसम कस्तो ?

काठमाडौँ ।  देशभरको मौसम सामान्यदेखि पूर्ण बदली हुने जल तथा मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । मनसुनी न्युन चापीय रेखा वायुमण्डलको माथिल्लो तहमा रहे पनि मनुसन सक्रिय अवस्थामै छ ।

मनसुन आइसोलेटेड भए पनि देशभरको मौसम केही दिन बलदी हुने र पानी पर्ने सम्भावना रहेको मौसमविद विभूति पोख्रेलले जानकारी दिइन् । शनिबार बिहानैदेखि काठमाडौँ उपत्यकासहित देशभरको मौसम बदली भएको छ र धेरै ठाउँमा पानी परेको छ ।

दिनभरको मौसम यस्तै रहने र हल्कादेखि मध्यम पानी पर्ने मौसमविद पोख्रेलले बताइन् । यस्तै मध्य तथा पूर्वका केही ठाउँमा ठूलो पानी पर्ने सम्भावना पनि छ । विशेषगरी बेलुका तिर ठूलो पानी पर्नेछ । यस्तै रातिको मौसम पनि यस्तै रहने मौसमविद पोख्रेलले जानकारी दिइन् ।

पर्सि पनि दिउँसो र रातको समयमा देशको केही स्थानमा हल्कादेखि मध्यम खालको पानी पर्नेछ । आज देशकाप्रमुख नदीहरू कन्काई, कोसी, कमला, नारायणी, बबई, कर्णाली, महाकाली र यसका शाखा नदीहरूमा बहाव खतराभन्दामाथि जाने छैन ।

भोलि बिहानसम्म कन्काई, कमला, बागमती, राप्ती, बबईलगायत नदीमा बहाव उल्लेख्य बढ्ने पूर्वानुमान गरिएको छ

प्रतिक्रिया दिनुहोस्