कैलाली जिल्ला अदालतमा एक वर्षमा ९ सय ९८ मुद्दा फर्स्यौट
काठमाडौं । कैलाली जिल्ला अदालतमा आर्थिक वर्ष २०७४र०७५ मा ९ सय ९८ मुद्दा फर्स्यौट गरिएको छ।
अदालतमा अघिल्लो वर्षका जिम्मेवारी सरिआएका समेत आव २०७४र०७५ मा १ हजार ७ सय ७६ मुद्दा परेका थिए। जिल्ला अदालतमा फर्स्यौट भएका मुद्दामध्ये सबैभन्दा बढी ६ महीनाभित्रका ५ सय ८ र सबैभन्दा कम २ वर्ष नाघेका ४५ मुद्दा छन्।
जिल्ला अदालतमा अघिल्लो वर्षका जिम्मेवारी सरिआएका ५ सय ८६ थान मुद्दाबाहेक १ हजार १ सय ९० नयाँ मुद्दा दर्ता भएको अदालतको वार्षिक प्रतिवेदनमा उल्लेख गरिएको छ। फर्स्यौट हुन बाँकी ७ सय ७८ मुद्दा छन्।
अदालतमा सम्बन्धविच्छेद, लागूऔषधजस्ता मुद्दाको संख्या बढ्दै गएको जनाइएको छ। जिल्ला न्यायाधीश विष्णुप्रसाद अर्यालले मुद्दाको बढ्दो चाप, दरबन्दीअनुसारका न्यायाधीश कार्यरत नहुनु र गत वर्ष निर्वाचनमा खटिनुपरेका जस्ता कारण मुद्दा फर्स्यौटमा लक्ष्यअनुसारको प्रगति हुन नसकेको बताए।
आव २०७४००७५ सम्म सम्बन्धबिच्छेदका २ सय ५३ थान मुद्दा पुगेकामा १ सय ८१ थान मुद्दा फस्र्यौट भएको छ। यस्तै लागूऔषधसम्बन्धी ७३ मुद्दा परेकामा ५३ मुद्दाको फर्स्यौट गरिएको छ। तहसिलदार नवराज जोशीले फौजदारी मुद्दाको फैसला कार्यान्वयनमा समाजले चासो नदिँदा अपेक्षाकृत उपलब्धि हुन नसकिरहेको बताए।
प्रदेश ७ का अन्य अदालतको तुलनामा कैलालीमा मुद्दाको चाप सबैभन्दा बढी रहने गरेको छ। अदालतमा सबैभन्दा बढी व्यक्तिवादी देवानीसम्बन्धी मुद्दा पर्ने गरेका छन्।
प्रतिक्रिया दिनुहोस्