मुगुमा भाईरल प्रकोपः १८ जनाको मृत्यु

मंसिर १७ ।मुगु जिल्लामा झन्डै एक महिनादेखि फैलिएको भाईरल ज्वरो र निमोनियाले १८ जनाको मृत्यु भएको छ। चिसोसंगै रुघाखोकी, निमोनिया र भाईरल ज्वरोका विरामी बढ्दै गएका छन ।भाईरल प्रकोपबाट छायानाथ रारा नगरपालिका ५ ढुम गाउँकी ७२ बर्षीया लालशोभा बुढा, सोही नगरपालिकाको वडा नम्बर ७ का एक शिशु र ७० बर्षीया धर्मकला शाहीको मृत्यु भएको छ ।त्यस्तै वडा नम्बर ४, भागवाडा गाउँमा एक सातायता पाँचजनाको मृत्यु भएको स्थानीय धीरेन्द्र भामले जानकारी दिए ।यसैगरी छायानाथ रारा नगरपालिका १ का पाँच बर्षि बालक र ७० बर्षिया बुद्धाको मृत्यु भएको स्थानीय धनबहादुर मल्लले जानकारी दिए ।, यो खबर आजको नागरिकमा छ ।

प्रतिक्रिया दिनुहोस्