अवैध १० किलो सुनसहित बालाजुबाट एक जना पक्राउ

काठमाडौं ।अवैध १० किलो सुनसहित एक जनालाई प्रहरीले बालाजुबाट पक्राउ गरेको छ ।रसुवाको केरुङ नाकाबाट भित्राइएको १० किलो सुनसहित एक व्यक्तिलाई प्रहरीले काठमाडौंको बालाजु बाइपासबाट पक्राउ गरेको हो । पक्राउ पर्नेमा सिन्धुपाल्चोकका फूलसिंह तामाङ छन् ।गोप्य सूचनाको आधारमा जाँच गर्दा उनलाई शनिबार साँझ सुनसहित पक्राउ गरिएको प्रहरीले जनाएको छ ।उनले मोटरसाइकलको साइलेन्सरभित्र लुकाएर सुन ल्याएका थिए । काठमाडौं प्रहरी परिसर प्रमुख रविन्द्र धानुकले यसबारे थप अनुसन्धान भइरहेको जानकारी दिए ।पछिल्लो समय केरुङ नाकाबाट अवैधरुपमा सुन भित्रिइरहेको छ । यसअघि केरुङ नाकाबाटै भित्राइएको ८८ किलो अवैध सुन क्षेत्रपाटीबाट बरामद भएको थियो ।

प्रतिक्रिया दिनुहोस्