प्रदेश पाँचका प्रदेशसभा सदस्यहरुको सेवा सुविधा वृद्धि गर्ने
काठमाडौँ । प्रदेश ५ को प्रदेशसभा सदस्यहरुको सेवा सुविधा वृद्धि गर्ने गरी संसदको विषयगत समितिले प्रतिवेदन पेश गरेको छ ।
निर्वाचित जनप्रतिनिधिहरू आफ्नै सेवासुबिधा वृद्धिमा केन्द्रीत भईरहेको जनस्तरबाट गुनासो आईरहेको बेला जनचाहनालाई वेवास्ता गर्दै संसदको विषयगत समितिले प्रदेशसभामा प्रतिवेदन पेस गरेको हो।
प्रत्येक सांसदलाई स्वकिय सचिव राख्न पाउने गरि प्रतिवेदन प्रदेशसभामा पेस भएको हो।
शुक्रबार दिउँसो १ बजे बसेको प्रदेशसभा बैठकमा अर्थ, उद्योग तथा पर्यटन समितिका जेष्ठ सदस्य अमर बहादुर डाँगीले प्रदेशसभाका पदाधिकारी तथा सदस्यको पारिश्रमिक र सुविधा सम्बन्धमा व्यवस्था गर्न बनेको विधेयकमा सम्बन्धित समितिको प्रतिवेदन प्रस्तुत गरेका हुन् ।
प्रदेश सभामा ८७ जना सांसद छन्। प्रतिवेदन अनुसार सांसदहरूले स्वकीय सचिव राख्न पाउने छन् भने स्वकीय सचिवले निजामती कर्मचारी सुब्बा सरहको सुबिधा पाउने डाँगीले जानकारी दिए ।
समितीले विधेयकमाभन्दा सुविधा वृद्धि गरि प्रतिवेदन पेश गरेको छ । बिधेयकमा फर्निचर खरिदका लागि १५ हजार तोकिएकोमा प्रतिवेदनमा ४५ हजार (एकमुष्ट), बैठक भत्ता ७ सय ५० तोकिएकोमा २ सय ५० वृद्धि गरि एक हजार पुर्याइएको छ ।
यसबाहेक सांसदहरुले मासिक ४५ हजार पारिश्रमिक, १५ हजार आवास सुबिधा र बिजुली, खानेपानी धारा वापत १५ सय प्राप्त गर्नेछन्। सञ्चार सुविधा वापत मासिक २ हजार, आन्तरिक भ्रमण खर्च २ हजार, बैदेशिक भ्रमण भत्ता दैनिक एक सय ७५ अमेरीकी डलर, यातायात सुविधा बैठक बसेको दिनको ५ सयका दरले सुबिधा पाउनेछन्।
त्यस्तै सभामुख र उपसभामुखालाई क्रमशः मासिक ५३ हजार र ५० हजार पारिश्रमिक तोकिएको छ। सभामुखले मासिक २ सय लिटर इन्धन, सञ्चार ३ हजार र उपसमामुखले एक सय ५० लिटर इन्धन, सञ्चार २ हजार, आन्तरिक भ्रमण २ हजार, वैदेशिक भ्रमण खर्च एक सय ७५ अमेरीकी डलर पाउने व्यवस्था विधेयकमा छ। विपक्षी दलका संसदीय दलका नेताले ५० हजार पारिश्रमिकसहित सवारी साधन स्वकीय सचिव प्राप्त गर्नेछन्। दलका प्रमुख सचेतकले ४८ हजारसहित मासिक एक सय ५० लिटर इन्धन प्राप्त गर्नेछन्। अन्य सुविधाहरू सांसद सरह तोकिएको छ।
शुक्रबारकै बैठकमा समितिका जेष्ठ सदस्य डाँगीले प्रदेश सरकारका मुख्यमन्त्री तथा मन्त्रीको पारिश्रमिक तथा सेवा सम्बन्धमा व्यवस्था गर्न बनेको बिधेयक सम्बन्धी समितिको प्रतिवेदन पनि प्रदेशसभामा पेस गरेका छन्।
प्रतिवेदनमा मुख्यमन्त्रीको मासिक ६० हजार ९ सय ७० रूपैया सेवासुविधा सहित आवास, सवारी र मासिक २ सय ५० लिटर इन्धन प्रस्ताव गरिएको छ। प्रतिवेदन अनुसार मुख्यमन्त्रीले दैनिक भ्रमणभत्ता २५ सय, दैनिक बिदेश भ्रमण भत्ता २ सय २५ अमेरिकी डलर प्राप्त गर्नेछन्। मुख्यमन्त्रीले अतिथि सत्कार वापत प्रतिमहिना १५ हजारका दरले सुविधा प्राप्त गर्ने छन् ।
प्रतिवेदन अनुसार मन्त्रीहरुले ५२ हजार मासिक पारिश्रमिक, सवारी साधन,२ सय लिटर इन्धन, सञ्चार वापत ३ हजार, मासिक भ्रमण भत्ता २ हजार, विदेश भ्रमण भत्ता मुख्यमन्त्री सरह २ सय ५० अमेरीकी डलर पाउनेछन्। अतिथि सत्कार वापत १० हजार मासिक खर्च प्राप्त गर्ने समितिको प्रतिवेदमा उल्लेख गरिएको छ।
संसदको पहिलो अधिवेशनको आषाढ २५ गतेको बसेको २२ औं बैठकले बिधेयकमाथि थप छलफलका लागि समितिमा पठाएको थियो ।

प्रतिक्रिया दिनुहोस्