डा केसीको ‘माग सम्बोधन गर्दै’ राष्ट्रिय चिकित्सा शिक्षा विधेयक संसदमा पेस
काठमाडौं । राष्ट्रिय चिकित्सा शिक्षा विधेयक संघीय संसदमा पेस भएको छ । शुक्रबार बसेको प्रतिनिधिसभाको दोश्रो बैठकमा शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री गिरिराजमणि पोखरेलले विधेयक प्रस्तुत गरका हुन् । विधेयकमाथि सांसद गगनकुमार थापा, प्रेम सुवाल र सरिता गिरीको विरोधको सूचना परेका थिए ।
शिक्षा मन्त्रालयले असार २२ मा संसदमा दर्ता गराएको विधेयकमा राखिएको व्यवस्थाको विरोध गर्दै डा. गोबिन्द केसी अनसन बसेपछि संसदमा पेश हुन सकेको थिएन । सरकार र केसीबीच बिहीबार सहमती भएसंगै विधेयक पेश गर्न बाटो खुलेको हो । प्रमुख प्रतिपक्ष कांग्रेसले पनि केसी उठाएको विषय सुनुवाई नभएसम्म विधेयक पेश गर्न नदिने भन्दै विरोध जनाएका थिए ।
आजको बैठकमा सांसदहरुको सरकार र केसीबीच भएको सम्झौता पत्र सांसदहरुलाई वितरण नगरेसम्म विधेयक पेश गर्न नदिने भन्दै संसद केहीबेर अवरोध पनि भएको थियो । सांसदहरुलाई सम्झौता पत्र वितरण गरेपछि पुनस् सदन सुचारु भएको हो ।
सरकारले सदनमा दर्ता गरेको विधेयकको विरोधमा सांसद गगन थापा, सरिता गिरी र प्रेम सुवालले विरोधको सूचना दर्ता गरेका थिए ।
प्रतिक्रिया दिनुहोस्