गठबन्धनको सरकारले विकासको गति लिने, प्रचण्ड

काठमाडौं । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले वाम गठबन्धनको सरकारले विकासको गति लिने बताएका छन ।अहिलेसम्म राजनीतिक अस्थिरताका कारण विकासका कामले फड्को मार्न नसकेको भन्दै उनले अबको सरकार बलियो सरकार हुने र विकासको कामले गति लिने बताए ।उद्योग वाणिज्य संघ चितवनले आयोजना गरेको समग्र चितवनको ‘आर्थिक विकासका लागि सम्भावना र अवसर’ विषयक अन्तक्र्रिया कार्यक्रममा उहाँले चितवन भौगोलिक हिसाब र पर्यटकीय हिसाबले सम्भावना बोकेको जिल्ला भएकाले यसको विकासका लागि निजी र सार्वजनिक साझेदारी अघि बढाउँदै विकास गर्ने बताए ।जिल्लाको विकासका लागि ठूलो आकांक्षा बोकेर आएको उनले बताए ।व्यवसायमैत्री उद्योग नीति ल्याएर देशको विकासमा औद्योगिक क्षेत्रको महत्वपूर्ण भूमिका दिने विश्वास व्यक्त गरे ।देशको समृद्धि र विकासका लागि चितवनबाट सुरुआत गर्ने बताउँदै उनलेसमृद्ध राष्ट्रको विकल्प नभएको जिकिर गरे।उनले राजनीतिक अस्थिरताको अन्त्यका लागि अहिलेको गठबन्धन महत्वपूर्ण रहेको बताए ।

 

प्रतिक्रिया दिनुहोस्