माछापुच्छ्रे बैंकको एकै दिन ८ वटा नयाँ शाखा शुभारम्भ

काठमाडौं, ११ श्रावण । माछापुच्छ्रे बैंक लिमिटेडले ८ शाखा कार्यालयको औपचारिक सुरुवात गरेको छ ।

बैंकले मोरङ्गको जहदा गाउँपालिका स्थित जहदा शाखा कार्यालय, सुनसरीको धरान उपमहानगरपालिका स्थित धरान शाखा कार्यालय, भोजपुरको भोजपुर नगरपालिका स्थित भोजपुर शाखा कार्यालय, रौतहटको चन्द्रपुर नगरपालिका स्थित चन्द्रपुर शाखा कार्यालय, रौतहटकै वृन्दावन गाउँँपालिका स्थित वृन्दावन शाखा कार्यालय, डोल्पाको त्रिपुरासुन्दरी नगरपालिका स्थित डोल्पा शाखा कार्यालय, भोजपुरको टेम्केमैयुङ गाउँँपालिका स्थित टेम्केमैयुङ शाखा कार्यालय, र उदयपुरको कटारी नगरपालिका स्थित कटारी शाखा कार्यालयहरुको औपचारिक सुरुवात गरेको छ ।

उक्त शाखाहरुमा औपचारिक कार्यक्रम गरी शाखाको उद्घाटन गरियो हो । नयाँ शाखामार्फत बैंकले आफ्ना ग्राहकहरुलाई कर्जा, निक्षेप लगायतका सम्पूर्ण बैकिङ्ग सुबिधा उपलब्ध गराएको छ ।
साथै बैंकले धरान, भोजपुर, चन्द्रपुर र कटारी शाखाहरुमा २४ घण्टा नै रकम झिक्न सकिने आफ्नै एटिएमको सुबिधा समेत उपलब्ध गराएको छ ।

यस बैकले २०७४ साल चैत्र मसान्तसम्म रु. ६८ अर्व निक्षेप परिचालन गरी रु. ६२ अर्व कर्जा प्रवाह गरेको छ भने सोही अबधिमा रु. ८१करोड खुद मुनाफा कमाएको छ ।

बैकले पूर्वमा झापादेखि पश्चिममा कन्चनपुर साथै हिमालदेखि पहाड र तराईसम्म आफ्ना ८६ वटा शाखाहरु, २ वटा एक्स्टेन्सन काउन्टरहरु लगायत २१ शाखा रहित बैकिङ्ग सेवा समेत गरी जम्मा १०९ स्थानवाट ग्राहक महानुभावहरुमा सम्पूर्ण बंैकिङ्ग सुबिधा प्रदान गरीरहेको छ । साथै, बैकको देशभर ९९ वटा एटीएमहरु सञ्चालनमा रहेको छ ।

प्रतिक्रिया दिनुहोस्