त्रिशुलीमा बस खस्यो, तीनजनाको ज्यान गयो

काठमाडौं । काठमाडौंबाट पोखराका लागि छुटेको बस त्रिशूली नदीमा खस्दा बच्चासहित ३ जनाको ज्यान गएको छ । केही यात्रु घाइते भएका छन् । अहिले घटनास्थलमा प्रहरीको टोली पुगेको छ । अहिले उद्दारको काम भइरहेको छ  ।

कति जनाको ज्यान गयो भन्ने बारे यकिन भइसकेको छैन ।  मुग्लिन र कुरिनटारको बीचमा बस खसेको जिल्ला प्रहरी कार्यालय चितवनले जनाएको छ । ना ६ ख २५०६ नम्बरको बसलाई ट्रकले ठक्कर दिएको प्रहरीले जनाएको छ । दुर्घटनामा घाइते भएका २२ जनालाई भरतपुर अस्पताल लगिएकाे छ । यसअघि प्रहरीले बस पोखराबाट काठमाडौंका लागि छुटेको जानकारी दिएको थियो ।

प्रतिक्रिया दिनुहोस्