श्रीमानको रड प्रहारबाट श्रीमतीको मृत्यु

काठमाडौं, २३ कार्तिक। मोरङमा रड प्रहारबाट एक व्यक्तिको मृत्यु भएको छ । मृत्यु हुनेमा जहदा गाउँपालिका(२ मोहनपुरका ४० वर्षीय बुधराम सोरेन रहेका छन् ।

गएराति करिब १० बजेको समयमा उनकै श्रीमती ३५ वर्षीय कमली मास्के र भारतीय नागरिक २७ वर्षीय सुनील मिश्रले उनीमाथि रड प्रहार गरेको जिल्ला प्रहरी कार्यालय मोरङका प्रहरी निरीक्षक लेखनाथ दाहालले जानकारी दिए । रड प्रहारबाट बुधरामको घटनास्थलमै मृत्यु भएको उनले बताए ।

प्रहरी निरीक्षक दाहालले अनलाइनखबरसँग भने, ‘बुधराममाथि उनकै श्रीमती कमली र भारतीय नागरिक सुनिलले टाउकोमा रड प्रहार गरेका रहेछन् । घटनापछि मिश्र पक्राउ परेका छन् भने उनकी श्रीमती कमली फरार छिन् । बुधराममाथि किन रड प्रहार गरियो भन्नेबारे अहिले खुल्न सकेको छैन ।’

रड प्रहार गर्ने मध्ये मिश्र पक्राउ परेको र कमलीको खोजी भइरहेको उनले बताए ।

बुधराममाथि रड प्रहार गर्नुका कारणबारे अनुसन्धान भइरहेको प्रहरी निरीक्षक दाहालले बताए । प्रहरीको सुष्म अनुसन्धानपछि मत्युको रहस्य खुल्ने छ ।

 

प्रतिक्रिया दिनुहोस्