डा. केसी र सरकरकारबीचको वार्ता अत्तिम टुंगोमा विफल

काठमाडौंं, १० श्रावण । सरकार र डा. गोवीन्द केसीबीच आज अत्तिम टुंगोमा पुगेको भनिएको वार्ता सफल हुन सकेन ।

काठमाडौं उपत्यकामा १० वर्षसम्म मेडिकल कलेज खोल्न प्रतिबन्ध लगाउने वा के गर्ने भन्ने विषयमा दुवै पक्षबिच टुंगोलगाउन नसकिएकोले वार्ता सफल हुन नसकको हो ।
१० वर्षे आशय पत्र नदिन दुबै पक्ष सहमत भ्उता पनि सम्बन्धनको हकमा प्रतिबन्ध लगाउन सरकार तयार नभएको वार्ता सफल नभएको हो ।

पत्रकार सम्मेलन गर्दैै डा. केसीका वार्ता टोलीका सदस्य डा।ले भने, ‘ यो माग पूरा नहुने हो भने आफ्नो जारी रहन्छ । उनले उनले भने, ‘डा। केसीको अडान १० वर्षसम्म सम्बन्धन दिनु हुँदैन भन्ने छ । सरकारले १० वर्ष हटाइनुपर्छ भन्ने छ । यही कुरामा वार्ता अड्किएको छ ।’

यसबारे छलफलका लागि फेरि बालुवाटार बोलाइएको वार्ता टोली संयोजक डा. अभिषेकराज सिंहले बताए । वार्तामा सम्बन्धनको एउटा विषयलाई इगो नबनाउन र माग सम्बोधन गर्न आग्रह गर्ने भण्डारीले जानकारी दिए ।

डा. केसीको मुख्य माग नै १० वर्ष सम्म उपत्यकामा मेडिकल कलेज खोल्न अनुमति नदिनु हो । यी अडानमा दुवै पक्षबीच कुरो र चुरो मिलेको छैन ।

२७ दिनसम्म आमरण अनसनमा रहेका डा केसीको स्वास्थ्य अवस्था विग्रदै गएको छ । करिब महिना दिन हुन लाग्दा समेत सरकार रमीते भएको छ । डा. केसीको जायज मागलाई सम्बोधन गर्न सकेको छैन ।

प्रतिक्रिया दिनुहोस्