करेण्ट लागेर गुरुङको मृत्यु

काठमाडौं, १० श्रावण । बिजलीको करेण्ट लागेर एक जनाको मृत्यु भएको छ । धादिङ जिल्ला निलकण्ठ नगरपालिका वडा नम्बर ११ पात्ले स्थायी घर भई हाल काठमाडौं, तारकेश्वर जरङ्कुमा बसोबास गर्दै आएका राम बहादुर गुरुङको घर अगाडीको अब्यवस्थित बिजुलीको तार मिलाउने र पोल सार्ने क्रममा करेन्ट लागेर आज बिहान मृत्यु भएको हो ।

५० वर्षीय गुरुङलाई उपचारको लागि अस्पताल लाँदैगर्दा बाटोमै मृत्यु भएकोले पोष्ट म्यार्टमको लागि शिक्षण अस्पताल महाराजगंज लगिएको थियो ।

स्वर्गीय गुरुङको श्रीमती र २ छोरा छन् । उनी नेपाली सेनाबाट अबकास प्राप्त सैनिक हुन । हाल उनी ग्रुप फोर सेक्युरिटिजमा कार्यरत थिए ।

प्रतिक्रिया दिनुहोस्