सुरक्षा रणनीति परिवर्तन गर्न निर्वाचन आयोगको सरकारलाइ निर्देशन ।

काठमाडौं।चुनाव विरोधी गतिविधि बढ्न थालेपछि निर्वाचन आयोगले भयरहित वातावरणमा मतदान गर्नका लागि सुरक्षा रणनीति परिवर्तन गर्न सरकारलाइ निर्देशन दिएको छ । दोश्रो चरणको निर्वाचनको मिति नजिकिदै जाँदा विभिन्न स्थानमा बम विस्फोटका घटना दिनानुदिन बढ्दै जान थालेका छन ।
उम्मेद्वार माथि नै आक्रमणका घटना बढ्दै गएपछि सरकारको सुरक्षा परिचालनप्रति असन्तुष्ट बनेको आयोगले दलहरुले समेत सहयोग नगरेको आरोप लगाएको छ ।
निर्वाचन बहिष्कार गरेको दलले आतंककारी गतिविधि गरिरहे पनि सरकारमा सहभागि दलहरुले समेत सुरक्षा निकायलाई सहयोग नगरेको आयोगको ठम्याई छ।
नेपाली सेना, नेपाल प्रहरी, सशस्त्र प्रहरी बल, राष्ट्रिय अनुसन्धान विभागका प्रमुख तथा प्रतिनिधिलाई आफ्नै कार्यालयमा बोलाएर जानकारी मागेको आयोगले सुरक्षा परिचालन थप कडा बनाउन समेत निर्देशन दिएको हो ।
गृह मन्त्रालयले भने भयरहित अवस्थामा मतदान गर्न सक्ने वातावरण बनाउन सुरक्षा निकायको चुस्त परिचालन भैरहेको जानकारी गराएको छ ।
यसैबीच निर्वाचन आाचार संहिता उंलघन भएको भन्दै आयोगमा एक सय २ वटा उजुरी परेका छन । दोश्रो चरणमा ४५ जिल्लामा यहि मंसिर २१ गते प्रदेश र प्रतिनिधिसभाको निर्वाचन हुँदैछ ।

प्रतिक्रिया दिनुहोस्