डा. केसीका माग सम्बोधन गर्न बालुवाटारमा वार्ता सुरू, के आजै टुंगोमा पुग्ला त?

काठमाडौं । २७ दिनदेखि अनसनरत डाक्टर गोविन्द केसीका मागबारे सम्बोधन गर्न प्रधानमन्त्री ओलीको पहलमा बालुवाटारमा वार्ता सुरू भएको छ । वर्ताका लागि डा. केसी पक्षका वार्ताकार बालुवाटार पुगिसकेको स्रोतले जानकारी दिएको छ ।
बुधबार साँझ सरकारी वार्ता टोलीले चिकित्सा शिक्षा विधेयकमा छलफल गर्ने आफूसँग म्यान्डेट नभएको बताएपछि केसी–सरकार वार्ता अवरूद्ध भएको थियो ।

बुधबार अबेर रातिसम्म प्रधानमन्त्री ओलीले डा. केसीका वार्ताकारलाई बोलाएर बालुवाटारमा छलफल गरेका थिए । केहीबेर वार्ता टोलीसँगको छलफलपछि ओलीले आफ्ना सहयोगीहरूलाई डा.केसीले उठाएका २२ वटै मागमा रातभरिमा विस्तृत छलफल गरेर बिहीबार बिहान त्यसको निचोड आफूसमक्ष पेश गर्न निर्देशन दिएका थिए ।
रातभरिको छलफलका विषयवस्तु प्रधानमन्त्री ओलीलाई आज बिहान ‘ब्रिफिङ’ गरेपछि माथेमा कार्यदलका संयोजक डाक्टर केदारभक्त माथेमा, नेपाल मेडिकल काउन्सिलका अध्यक्ष धर्मकान्त बाँस्कोटालगायतसँग प्रधानमन्त्रीले बिहान थप छलफल गरेका थिए ।
‘प्रधानमन्त्रीले बिहान थप छलफल गरेपछि केसी अनसनको आजै सम्बोधन हुन सक्ने संकेत देखिएको छ । कुनै अबरोध नखाए आजै संकेत देखिएको छ ।

प्रतिक्रिया दिनुहोस्