पञ्चकन्या माई हाइड्रोको आइपीओ शुक्रबार बाँडफाँट हुँदै

काठमाडौं । पञ्चकन्या माई हाइड्रोपावरको आइपीओ भोली (साउन ११ गते) दिउँसो बाँडफाँट हुने भएको छ ।
आइपीओमा कम्पनीले सर्वसाधारणका लागि १० लाख १ हजार कित्ता सेयर मात्र बिक्रीमा ल्याएको थियो तर १ लाख ५० हजार भन्दा धेरै आवेदकबाट १ करोड भन्दा धेरै कित्ताको लागि आवेदन परेको छ ।
पञ्चकन्या माई हाइड्रोपावरले साउन १ गतेदेखि ४ गतेसम्म ११ करोड रुपैयाँ बराबरको ११ लाख कित्ता आइपीओ बिक्री खुला गरेको हो । यसमध्ये ४४ हजार ९४५० कित्ता कम्पनीका कर्मचारी र ५५ हजार कित्ता ९५५० सामूहिक लगानी कोषलाई छुट्याइएको थियो । बाँकी १० लाख १ हजार कित्ता सर्वसाधारणलाई बिक्री खुला गरिएको हो ।
पञ्चकन्याले यसअघि इलाम जिल्लाका स्थानीय बासिन्दाका लागि ११ लाख कित्ता आइपीओ बिक्री गरेको थियो । कम्पनीको आइपीओ पछि चुक्ता पुँजी १ अर्ब १० करोड रुपैयाँ पुग्नेछ । कम्पनीले इलाम जिल्लामा १२ मेगावाटको अपर माई जलविद्युत आयोजना सञ्चालन गरिरहेको छ । यसैगरी, ६.१ मेगावाटको अपर माई ‘सी’ आयोजना पनि निर्माणाधीन अवस्थामा रहेकोछ ।

प्रतिक्रिया दिनुहोस्