आँखुखोलाको आइपीओ साउन १७ देखि खुल्दै

काठमाडौं । आँखुखोला जलविद्युत कम्पनी लिमिटेडले साउन १७ गतेदेखि आयोजना प्रभावित धादिङ जिल्लाका स्थानीयलाई ८ लाख कित्ता सेयर आइपीओ जारी गर्ने भएको छ । आइपीओमा न्यूनतम ५० कित्तादेखि अधिकतम ४ हजार कित्तासम्म भर्न सकिनेछ । यसमा साउन ३१ गतेसम्म आवेदन दिन पाइन्छ ।
लगानीकर्ताले धादिङ जिल्लामा रहेका मुक्तिनाथ विकास बैंक, सिभिल बैंक र प्रभु बैंकका शाखाबाट आइपीओमा आवेदन गर्न सक्नेछन् । आँखुखोलाको आयोजना स्थलमा रहेको कार्यालयबाट पनि आइपीओ भर्न पाईनेछ । जलविद्युत कम्पनी लिमिटेडको बिक्री प्रबन्धक सिभिल क्यापिटल रहेको छ ।

क्रेडिट रेटिङ एजेन्सी इक्रा नेपालले आँखुखोलाको आइपीओलाई ग्रेड ५ रेटिङ दिएको छ । कम्पनीले जारी पुँजी ८० करोडको १०५ सेयर स्थानीयलाई बिक्री गर्न लागेको हो । यो आइपीओ बिक्री पछि फेरि सर्वसाधारणलाई अर्को आइपीओ जारी गर्नुपर्ने हुन्छ । हाल यो कम्पनीले ८.४ मेगावाटको आँखुखोल–१ जलविद्युत आयोजना सञ्चालन गरिरहेको छ ।

यता, गत आर्थिक वर्षको अन्त्यसम्म कम्पनीले १ करोड ५४ लाख २५ हजार रुपैयाँ खुद नाफा कमाएको छ ।

प्रतिक्रिया दिनुहोस्