आन्दोलनरत चिकित्सक र प्रहरीबीच झडप

काठमाडौं । डा गोविन्द केसीका माग सम्बोधन गर्न माग गर्दै आन्दोलनरत चिकित्सक र प्रहरी बीच सामान्य झडप भएको छ ।

चिकित्सक र स्वास्थ्यकर्मीहरुको जुलुस शिक्षण अस्पताल महाराजगञ्जबाट प्रधानमन्त्री निवास बालुवाटारतर्फ जान खोज्दा प्रहरीले रोकेपछि सामान्य झडप भएको हो ।

सेतो पोशाक लगाएका चिकित्सक तथा स्वास्थ्यकर्मीहरुले सरकारविरुद्ध नाराबाजी गरेका थिए ।
उनीहरुले ‘सरकार हामी तिम्रो सन्तान हौं, तिमी हाम्रो अभिभावक किन बन्दैनौं ?’ जस्ता नारा लेखिएका प्लेकार्ड बोकेका थिए ।

चिकित्सकहरूलार्इ प्रहरीले शिक्षण अस्पताल महाराजगञ्जको गेट अगाडि नै रोकेको छ ।

विद्यार्थी र चिकित्सकहरुले आयोजना गरेको त्रिवि शिक्षण अस्पताल महाराजगन्जदेखि बालुवाटारसम्मको बृहत र्‍यालीमा प्रहरीले अवरोध गरेको छ। अस्पतालबाट सुरु गर्ने भएको शान्तिपूर्ण र्‍यालीलार्इ प्रहरीले मुल गेटमा नै रोकेको हो।

प्रतिक्रिया दिनुहोस्