वायु सेवा निगमले काठमाडौंमा भित्र्यायो दोस्रो वाइडबडी विमान !
काठमाडौं । नेपाल वायु सेवा निगमलले अर्को ठूलो विमान विमान ‘मकालु’ काठमाडौं ल्याएको छ ।
वाइड बडी ए ३३०–२०० सिरिजको विमान निर्माता कम्पनी फ्रान्सको तुलुज शहरबाट उडान भरी काठमाडौँ आएको हो । विमानको कलसाइन ‘नाइन एन एएलजेट’ रहेको निगमले जनाएको छ ।
नयाँ विमानलाई विमानस्थलमा मन्त्रालय र निगमका अधिकारीहरुले स्वागत गरेका थिए ।
निगमले युरोपेली कम्पनी एयरबसले उत्पादन गरेको जहाज अमेरिकाको एएआर कम्पनीसँग किनेको हो । विमानको लागत २ सय ९ दशमलव ६ मिलियन अमेरिकन डलर अर्थात २१ अर्ब ९० करोड रूपैयाँ छ ।
यसअघि गत असार २४ गते निगमले पहिलो वाइडबडी विमान भित्र्याएको थियो ।
निगमका अनुसार दुवै वाइड बडी विमानको सिट क्षमता समान छ । कूल २७४ सिट क्षमताको वाइड बडी विमानको १८ वटा सांग्रिला ‘विजनेस क्लास’ र २५६ सिट साधारण क्लासका छन् ।















प्रतिक्रिया दिनुहोस्