अपडेट – रसुवा पहिरो : मृत्यु हुने चारजनाको पहिचान खुल्यो

काठमाडौं । रसुवाको टिमुरेमा पहिरोमा परेर ज्यान गुमाउनेको सनाखत भएको छ । पहिरोमा परेर ज्यान गुमाउनेमा सिन्धुपाल्चोक भोटेकोशीका श्याम तामाङ, मंगले तामाङ, विक्रम नेवार र रमेश खड्का रहेका छन् ।

पहिरोमा हराइरहेकाको खोजी कार्य भैरहेको छ । उद्धारका लागि नेपाली सेना, सशस्त्र प्रहरी र नेपाल प्रहरी खटिएको तर पानी परिरहेको र पहिरोका कारण उद्धारमा समस्या भएको जिल्ला प्रशासन कार्यालय रसुवाले जनाएको छ ।

बुधबार राती १२ बजेतिर गएको पहिरोले घर पुर्दा ४ जनाको ज्यान गएको छ भने अझै ५ जना सम्पर्कविहीन पहिरोले प्रहरी पोष्ट र केही घरमा क्षति पुर्याएको छ ।

प्रतिक्रिया दिनुहोस्