ललितपुरमा कांग्रेस सभालाई लक्षित गरी बम विष्फोट

काठमाडौं ।ललितपुरको चापागाउँको प्याङगाउँमा बम विष्फोट भएको छ । नेपाली कांग्रेसले आयोजना गरेको चुनावीसभालाई लक्षित गरेर प्रेसर कुकर बम विष्फोट भएको हो ।विष्फोटबाट कुनै क्षति नभएको प्रहरीले जनाएको छ । ललितपुरमा पछिल्लो २४ घन्टामा बम विस्फोट भएको यो दोश्रो पल्ट हो । शुक्रबार बेलुकी पनि ललितपुरको कुपण्डोलस्थित युएन पार्कमा बम विस्फोट भएको थियो ।
यसैगरी चुनावी सभालाई सम्बोधन गर्न जाँदै गरेका वाम–गठवन्धनका उम्मेदवारहरुलाई लक्षित गरी तेह्रथुमको छथर गाउँपालिका–१, आङ्दिममा शनिबार मध्यान्ह बम विष्फोट गराइएको छ ।
शुक्रबारे बजारमा संयुक्त वाम–गठवन्धनले आयोजना गरेको चुनावी सभालाई सम्बोधन गर्न जाँदै गरेका एमाले पोलिटब्यूरो सदस्य तथा समानुपातिक उम्मेदवार डा. विजय सुव्बा, माओवादी केन्द्रकी नेतृ तथा समानुपातिक उम्मेदवार सुशीला कन्दङवालगायत नेताहरु चढेको गाडीमा बम विष्फोट भएको हो ।गाडीमा क्षति पुगेको प्रहरी निरीक्षक गणेश कोइरालाले जानकारी दिए । गाडीमा सवार नेता कार्यकर्ता भने सकुशल रहेको प्रहरीले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्