राष्ट्रसंघमा नेपाली सेनालाई थप अवसर

काठमाडौं।  नेपाली सेनाले राष्ट्रसंघीय शान्ति मिसनमा थप अर्काे अवसर प्राप्त गरेको छ । नेपाली सेनाले सेन्ट्रल अफ्रिकन रिपब्लिक (कार)मा नयाँ बटालियनका लागि थप अवसर प्राप्त गरेको हो । नेपाली सेनाले कारमा थप अवसर प्राप्त गरेसँगै अब हरेक वर्ष करिब सय जना सैनिकका लागि कोटा बढ्नेछ ।
कारमा यसअघि १३३ सैनिक अधिकृतहरु ‘सैनिक प्रहरी’का रूपमा कार्यरत रहेकामा राष्ट्रसंघले नेपाली सेनाको कामको उच्च प्रशंसा गर्दैै बटालियनको अवसर दिएको हो ।
सैनिक प्रवक्ता सहायक रथी गोकुल भण्डारीका अनुसार, कारमा नयाँ मिसन थपिएसँगै शान्ति मिसनमा हरेक वर्ष करिब सय सैनिकले अवसर पाउनेछन् । राजधानी दैनिकमा खबर छापिएकाे छ ।

प्रतिक्रिया दिनुहोस्