कम्युनिष्ट गठबन्धनलाई कमजोर नसम्झन अध्यक्ष दाहालको आग्रह ।

काठमाडौं ।नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहालले कम्युनिष्ट गठबन्धनलाई कमजोर र अपरिपक्कको रुपमा नबुझ्न आग्रह गरेका छन् ।
ललितपुर क्षेत्र नम्बर ३ को सुनाकोठीमा शनिबार कम्युनिष्ट गठबन्धनको चुनावीसभालाई सम्बोधन गर्दे अध्यक्ष दाहालले वामगठबन्धनलाई कमजोर नसम्झन आग्रह गरे । आफुहरु कम्युनिष्ट तालमेल गरेर मात्रै निर्वाचनमा नआएको भन्दै उनले पार्टी एकता गर्ने संकल्प सहित कार्यदल समेत निर्माण गरिएको स्पष्ट पारे ।
पार्टी एकता संयोजन समिति गठन गरि नेतृत्व र नीतिका बारेमा स्पष्ट भएपछि मात्रै वाम तालमेल गरिएको भन्दै उनले विगतको जस्तो चुनावी तालमेलको रुपमा मात्रै नबुझ्न आग्रह गरे ।
उनले प्रतिनिधी सभा र प्रदेशसभा निर्वाचनमा बामगठबन्धनले दुई तिहाई सिट सुरक्षित गर्ने दाबी गरे ।
क्षेत्र नम्बर ३ बाट कम्युनिष्ट गठबन्धनकी उम्मेदवार फम्फा भुसालले आफुले क्षेत्र नम्बर तीनको मुहार फेर्न बताइन । यो क्षेत्रमा भुसालको प्रतिष्प्रर्धीको रुपमा नेपाली कांग्रेसबाट निर्वतमान सांसद मदन अमात्यको उम्मेदवारी छ ।

प्रतिक्रिया दिनुहोस्