गृह मन्त्रालयद्धारा ३० जना सिडिओको सरुवा,अरु क- कसको कहाँ ?

काठमाडौं।  गृह मन्त्रालयले ३० जना सिडिआेको सरुवा गरेको छ।  काठमाडौंमा रामप्रसाद आचार्यको सरुवा भएको छ। उनी मोरङमा सिडिओका रुपमा कार्यरत थिए।

काठमाडौंका केदारनाथ शर्माको गृह मन्त्रालयमा सरुवा भएको छ। सुन अनुसन्धान टोलीका संयोजक भएर काम गरेका सहसचिव ईश्वरराज पौडेललाई अध्यागमन विभागको महानिर्देशकमा पठाइएको छ।

त्यस्तै ललितपुरमा प्रेमराज जोशी, कास्कीमा चक्रबहादुर बुढा, कपिलवस्तुमा अर्जुन पोखरेल, मोरङमा रमेश केसी,बाँकेमा मदन भुजेल, सिन्धुपाल्चोकमा कृष्ण प्रसाद अधिकारीलाई पठाइएको छ।
गृहले उपसचिवहरुको पनि सरुवा गरेको छ।

प्रतिक्रिया दिनुहोस्