उर्जामन्त्री पुन र एडिबीका आवासीय प्रतिनिधीबीच भेट, भेटमा भयो यस्तो छलफल
काठमाडौं । उर्जा, जलस्रोत तथा सिंचाईमन्त्री बर्षमान पुन र एसियाली विकास बैंक९एडिबी०का आवासीय प्रतिनिधी मुखतोर खामुडखानोभबीच भेटवार्ता भएको छ ।
सिंहदरबारस्थित उर्जामन्त्रालयमा भएको भेटवार्तामा उर्जा क्षेत्रमा एशियाली विकास बैंकको सहयोगमा संचालित आयोजनाहरुको प्रगती र आगामी दिनमा गर्ने सहकार्यबारे छलफल भएको थियो ।
भेटमा मन्त्री पुनले नेपालको विकासमा एडिबीले गरेको सहयोगप्रती धन्यवाद व्यक्त गरेका थिए । उनले आगामी दिनमा समेत सरकारलाई एडिबीको सहयोग निरन्तर हुने विश्वास व्यक्त गरे ।
मन्त्री पुनले तनहुँ जलविद्युत परियोजना र भुमिगत केवलिङ परियोजना सरकारको प्राथमिकतामा रहेको भन्दै आगामी दिनमा पनि थप सहयोगको अपेक्षा रहेको बताए ।
भेटमा उनले दुधकोशी जलविद्युत आयोजना छिट्टै अगाडी बढाउने गरी काम सुरु भइसकेको जानकारी समेत दिए । दुधकोशी परियोजनामा टिबीएमको प्रयोग गरेर भएपनि काम दु्रत गतिमा अघि बढाउने मन्त्रालयको सोच रहेको मन्त्री पुनको भनाई थियो ।
मन्त्री पुनले उर्जा र जलस्रोत क्षेत्रको समग्र विकासको लागी आफुले मार्गचित्र सार्वजनिक गरेको भन्दै आगामी दिनमा जग्गा, वन र वातावरणको समस्या हल हुनुका साथै परियोजना कार्यान्वयनमा कुनै समस्या नहुने बताए ।
भेटमा एडिबीका आवासीय प्रतिनिधी खामुडखानाले एशियाली विकास बैंकको सहयोगमा संचालित आयोजनाहरुको प्रगतीको बारेमा जानकारी मन्त्री पुनलाई गराएका थिए । भेटमा उनले उर्जा क्षेत्रमा थप सहयोग गर्न एडिबी तयार रहेको धारणा राखेका थिए ।
‘मन्त्रालय र हाम्रोबीचमा सम्बन्ध राम्रो छ, उर्जा क्षेत्र हाम्रो पनि प्राथमकितामा भएकाले आगामी दिनमा समेत हाम्रो सहकार्य अझ सुमधुर हुन्छ ।’ आवासीय प्रतिनिधी खामुडखानाले भेटमा भने।
उनले वाग्मती सिंचाई परियोजनामा एडिबीले ५० मिलियन सहयोग गरिसकेको जानकारी दिंदै बाग्मती ड्याम निर्माणमा समेत सहयोग गर्ने प्रतिवद्धता समेत व्यक्त गरेका छन्।
प्रतिक्रिया दिनुहोस्