भदौदेखि पाँच वटा ऐन लागू हुँदै

काठमाडौं। आगामी भाद्र एक गतेदेखि मुलुकी ऐनलाई प्रतिस्थापन गर्दै पाँच वटा ऐन एकैसाथ लागू हुने भएको छ ।

सर्वोच्च अदालतले आगामी भाद्र १ गतेदेखि मुलुकी ऐन प्रतिस्थापन गर्दै मुलुकी देवानी ऐन, मुलुकी देवानी कार्यविधि ऐन, मुलुकी अपराध ऐन, मुलुकी फौजदारी कार्यविधि ऐन र फौजदारी कसुर ऐन एकैसाथ लागू गर्ने जानकारी गराएको हो ।

सर्वोच्च अदालतका रजिष्ट्रार महेन्द्रनाथ उपाध्यायले ५ वटै ऐन लागू गराउन आवश्यक तयारीको कामलाई पनि अन्तिम चरणमा पु¥याइएको जानकारी दिए ।

उनले पत्रकार सम्मेलन गरी ऐनहरुलाई लागु गराउन आवश्यक तयारीका लागि न्यायाधीशहरुकै नेतृत्वमा ३ वटा छुट्टाछुट्टै समिति गठन गरिएको पनि स्पष्ट पारे ।

यसैबीच, सर्वोच्च अदालतले लक्ष्य अनुसार मुद्दा फस्र्यौट नगरेको पनि खुलासा भएको छ ।

प्रतिक्रिया दिनुहोस्