गठवन्धनका दुई शिर्ष नेता एउटै चुनावी घरदैलोमा

काठमाडौं। गठवन्धनका शिर्ष दुई नेता दुईशिर्ष नेता एउटै चुनावी प्रसारप्रचार कार्यक्रममा देखिएका छन् । एमाले शिर्ष नेता एवं पूर्वप्रधानमन्त्री माधवकुमार नेपालको चुनावी प्रचारलाई सघाउने क्रममा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल पनि एउटै कार्यक्रममा देखिएका हुन् ।काठमाडौं–क्षेत्र नं २ का उम्मेदवार नेपालको चुनावी घरदैलोमा शनिबार बिहान सहभागी हुँदै अध्यक्ष दाहालले नेपाललाइ गठवन्धनका उम्मेदवार भएका नेपाललाई जिताउनको निम्ति संक्षिप्त सम्बोधन गरेका छन ।अध्यक्ष दाहालले पहिलो चरणका ३७ स्थानमा भएको चुनावमा वामगठबन्धको दुई तिहाई आउने दाबि गर्दै गणतन्त्रको रक्षा,संविधान कार्यान्वयन, विकास र समृद्धिका लागि आफूहरुबीच एकता भएको बताए ।
कार्यक्रममा एमालेका नेता नेपालले आफ्नो चुनावि क्षेत्रमा आई सघाइकोमा अध्यक्ष दाहाललाइ धन्यवाद दिए ।

 

प्रतिक्रिया दिनुहोस्