सुर्या लाइफको हकप्रद सेयर लिलामीमा, साउन १६ देखि २३ गतेसम्म आवेदन खुला
काठमाडौं। सुर्या लाइफ इन्सुरेन्सको ७४ हजार ३ सय ८४ कित्ता हकप्रद सेयर लिलामीमा बिक्रि खुला हुने भएको छ ।
यसका लागि साउन १६ गतेदेखि आवेदन दिन सकिनेछ । साउन २३ गतेसम्म आवेदन दिन सकिने बिक्रि प्रबन्धक एनआइसी एसिया क्यापिटले जनाएको छ ।
सुर्या लाइफले यसअघि बैशाख ३१ गतेदेखि असार ३ गतेसम्म हकप्रद सेयर बिक्रि खुला गरेको थियो ।
सो समय बिक्रि नभएको संस्थापक समुह तर्फको ३ हजार २ सय ८९ कित्ता र सर्वसाधारण समुह तर्फको ७१ हजार ९५ कित्ता हकप्रदका लागि आवेदन नपरेपछि अहिले लिलामीमा बिक्री गर्न लागेको हो ।
यस लिलामीको सेयरका लागि बिक्रि प्रबन्धक एनआइसी एसियाको कार्यालय बबरमहल र सुर्यालाइफ इन्सुरेन्सको उपत्यका बाहिरका शाखा कार्यालयबाट आवेदन दिन सकिने छ ।
सेयरको मूल्य प्रतिकित्ता सय रुपैयाँ तोकिएकाले आवेदन दिनेले सो भन्दा बढी मूल्य तोकेर बोलकबोल गर्नुपर्नेछ ।















प्रतिक्रिया दिनुहोस्