एसिया कप क्रिकेटको खेल तालिका सार्वजनिक, नेपालको सम्भावना कति ?

काठमाडौं । आगामी सेप्टेम्वरमा युएईमा हुने एसिया कप क्रिकेटको खेल तालिका सार्वजनिक गरिएको छ ।

सेप्टेम्वर १५ देखि २८ सम्म हुने प्रतियोगितामा एसियाका टेष्ट खेल्ने पाँच राष्ट्र र छनोट भएर जाने एक गरी कुल ६ राष्ट्र सहभागी हुनेछन् ।

नेपाल, हङकङ, युएई, सिंगापुर, ओमान र मलेसियाबीच आगामि अगष्ट २९ देखि सेप्टेम्बर ६ सम्म भारतमा छनौट प्रतियोगिता आयोजना हुनेछ ।

यसको विजेताले भारत, पाकिस्तान, श्रीलंका, बंगलादेश र अफगानिस्तानसँगै एसिया कप खेल्नेछ ।

सार्वजनिक भएको खेल तालिका अनुसार भारत र पाकिस्तान समूह ए मा परेका छन् ।

छनौट प्रतियोगिता जितेर जाने एक टोली यो समुहमा थपिनेछ । यस्तै बंगलादेश, श्रीलंका र अफगानिस्तान समूह बी मा परेका छन् ।

दुवै समूहको शीर्ष दुई टिम सुपर ४ मा प्रवेश गर्नेछन् । प्रतियोगिताका खेलहरु दुबई र अबुधावीमा हुनेछन् ।

प्रतिक्रिया दिनुहोस्