शान्तिसुरक्षा मजबुत बनाउन नसकेको भन्दै उदयपुरका प्रजिअ मन्त्रालय तानिए
काठमाडौं । गृहमन्त्रालयले उदपुरका प्रमुख जिल्ला अधिकारी चन्द्रमान श्रेष्ठलाई जिल्लामा शान्ति सुव्यवस्था कायम गर्न नसकेको आरोप लगाउँदै गृह मन्त्रालयमा तानेको छ । दोस्रो चरणनको निर्वाचन नजिकिदै गर्दा जिल्लामा शान्ति सुव्यवस्था कायम गर्न नसक्दा मन्त्रालयले प्रजिअ श्रेष्ठलाई मन्त्रालयमा तानिएको हो।
सो स्थानमा प्रदीपराज कँडेललाई प्रमुख जिल्ला अधिकारी बनाइ उदयपुर पठाइएको छ ।
चुनाविसभामा यही मंसिर १३ गते उदयपुरगढी नगरपालिका ६ दनुवारबेसीमा अज्ञात समूहले बम विष्फोट गराउँदा कांग्रेस उम्मेदवार नारायणबहादुर कार्कीसहित ७ जना घाइते भएको घटनालाइ लिएर जिल्लार्मा शान्तिसुरक्षा फितलो बनाएको उनलाइ आरोप छ । प्रतिनिधिसभा सदस्य उम्मेदवार कार्कीसहित घाइतेहरुको काठमाडौंमा उपचार भइरहेको छ ।
करिब पाँच महिना अघि गृह मन्त्रालयले उदयपुरमा सीडीओ बनाएर पठाएको थियो । श्रेष्ठलाई पुनः गृहमन्त्रालय तानेर स्थानीय चुनावताका सर्लाहीमा प्रजिअ रहेका कँडेललाई उदयपुर पठाइएको मन्त्रालयले जनाएको छ ।
प्रतिक्रिया दिनुहोस्