नयाँ कानूनमन्त्रीमा ढकाल र पोखरेलको चर्चा, को होला त कानूनमन्त्री ?

काठमाडाैं ।  कानून, न्याय तथा संसदीय मामिलामन्त्री शेरबहादुर तामाङको राजीनामासँगै नयाँ मन्त्रीको चर्चा सुरु भएको छ । नेपाल कम्युनिष्ट पार्टीले यसबारे औपचारिक निर्णय गरिसकेको छैन ।

तर नेताहरुबीच भानुभक्त ढकाल र कृष्णभक्त पोखरेलमध्ये एक जनालाई मन्त्री बनाउने विषयमा छलफल भइरहेको स्रोतले जानकारी दिएको छ । स्रोतका अनुसार भरे, भोलि नै दुई जनामध्ये एकको बारेमा निर्णय गरेर शपथ खुवाउने तयारी छ ।

तत्कालीन एमालेका नेता ढकाल मोरङ क्षेत्र नम्बर ३ र पोखरेल चितवन क्षेत्र नम्बर २ बाट निर्वाचित सांसद हुनुहुन्छ । विवादस्पद अभिव्यक्ति दिएको भन्दै आलोचना भएपछि तामाङले मंगलबार पदबाट राजीनामा दिएका हुन् ।

प्रतिक्रिया दिनुहोस्