प्राधिकरण नेतृत्वविहिन, पुनर्निर्माण कार्य प्रभावित
काठमाडौं । सरकारको प्राथमिकतामा नपर्दा भूम्पपछिको पुनर्निर्माणका लागि गठित रष्ट्रिय पुनर्निर्माण प्राधिकरण नेतृत्वविहिन बनेको छ ।
निवर्तमान प्रमुख कार्यकारी अधिकृत (सिइओ) युवराज भुसाललाई पदमुक्त गरेको दुई साता बितिसक्दा पनि सरकारले नयाँ सिइओ नियुक्त नगरेका कारण प्राधिकरण नेतृत्वविहिन बनेको हो ।
यसले भूकम्प प्रभावित ३२ जिल्लामा जारी पुनर्निर्माण कार्य प्रभावित भएको प्राधिकरणका अधिकारीहरुको भनाइ छ ।
प्रतिक्रिया दिनुहोस्